साफ यू–१७ च्याम्पियनसिप आजदेखि

मिलन नेवारको ‘नाचेको नाच्यै गर्ने हो’ सार्वजनिक

काठमाडौँ । हरितालिका तीज लक्षित गरी गायिका मिलन नेवारको नयाँ गीत ‘नाचेको नाच्यै गर्ने हो’ सार्वजनिक भएको छ । 

‘पोहर पनि नाचियो, परार पनि नाचियो यसपालि झनै नाच्ने हो, मनले चिताको नपुगेसम्म नाचेको नाच्यै गर्ने हो’ जस्ता शब्दले सजिएको सुमधुर गीतको शब्द र संगीत राजनराज सिवाकोटीले हो । 

गीतको भिडियोमा गायिका मिलन नेवार आफैंले अभिनय गरेकी छन् । उत्सव दाहालले कैद गरेको भिडियोका दृश्यहरूको निर्देशन राजेश पुमा राई राईले गरेका हुन् भने भिडियोको सम्पादन विकास दाहालले गरेका छन् । 

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार  ७ : २३ बजे