सन्दीप लामिछानेको पेशी आज पनि स्थगित

काठमाडौं । राष्ट्रिय क्रिकेट टीमका स्पिनर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजको पेशी पनि स्थगित भएको छ ।

न्यायाधीश प्रकाशकुमार पण्डितको इजलासमा परेको मुद्दा हेर्न नभ्याइनेमा राखेपछि स्थगित भएको हो । पेशी सूचीको पाँचौ नम्बरमा रहेको मुद्दालाई समय अभाव देखाउँदै न्यायाधीसले हेर्न नभ्याउनेमा राखेका हुन् ।

फैसलाको चरणमा रहेको मुद्दा विभिन्न कारण देखाई सर्दै आएको छ । यसअघिको पेशीमा न्यायाधीस राजुकुमार खतिवडाको इजलासले जाहेरीकर्ता गौशाला २६ कि आमाको दोहोरो जन्ममिति देखिएको भन्दै त्यसलाई स्पष्ट पार्ने कागजात मगाएको थियो । उक्त कागज आइसकेपछि आजलाई पेशी तोकिएको थियो । तर , आज पनि नहुने भएपछि अर्को पेशीमा बहस हुनेछ । अर्को पेशीको मिति आजै तोकिने बताईएको छ ।

 

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार  ४ : २० बजे