दोहोरो अंकले घट्यो सेयरबजार

काठमाडौं । साता कारोबारको पहिलो दिन शेयरबजार दाहोरो अंकले घटेको छ । बजार घटेसँगै १२ वटा उपसूचकमा रातो पोतिएको छ ।

आइतबार नेप्से परिसूचक २० अंकले घटेर १९९३ को विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २८० कम्पनीहरुको ३८ लाख ९५ हजार कित्ता शेयर किनबेच हुँदा १ अर्ब २६ करोड २७ लाखको कारोबार भएको छ ।

आज एकमात्र म्युचुअल फण्ड उपसूचक ०.२४ प्रतिशतले बढेको छ भने हाइड्रोपावर उपसूचक सर्वाधिक १.७५ प्रतिशतले घटेको छ । त्यस्तै, होटल तथा पर्यटन उपसूचक १.३६ र निर्जीवन बीमा उपसूचक १.१९ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार  ३ : ४४ बजे