राष्ट्रपतिद्वारा ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८०’ प्रमाणीकरण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन सम्बन्धी विधेयक २०८०’ प्रमाणीकरण गर्नुभएको छ । 

राष्ट्रपति पौडेलले संघीय संसद्का दुवै सदनबाट पारित भई राष्ट्रपति कार्यालयमा पेश भएको उक्त विधेयक साउन १२ गते प्रमाणीकरण गरेको पत्र राष्ट्रियसभालाई प्राप्त भएको हो।

आइतवार बसेको राष्ट्रियसभा बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेको पत्र राष्ट्रपति कार्यालयबाट प्राप्त भएको जानकारी दिनुभएको हो । 

उहाँले भन्नुभयो, ‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपालको संविधान धारा ११३ को उपधारा २ बमोजिम मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन सम्बन्धी विधेयक २०८० प्रमाणीकरण भएको देहाय बमोजिमको विधेयकको थान १ यसैसाथ पठाइएको व्यहोरा अनुरोध छ।’

अध्यक्ष तिमिल्सिनाका अनुसार उक्त विधेयक राष्ट्रपतिले नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गर्नुभएको हो । 

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार  ३ : १७ बजे