हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

ललिता निवास जग्गा प्रकरण: सञ्चारसचिव राउत र गृहका सहसचिव वैद्यविरुद्ध पनि किर्तेमा मुद्दा

​​​​​काठमाडौँ । बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका बहालवाला सचिव कृष्णबहादुर राउतमाथि किर्ते गरेको मुद्दा चलाइएको छ ।

त्यस्तै गृह मन्त्रालयका सहसचिव सुशील वैद्यमाथि पनि किर्ते मुद्दा चलाइएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार अदालतमा दर्ता गरेको सूचीमा उहाँहरुको पनि नाम छ ।

सरकारी पदमा हाल बहाल रहेका उहाँहरू नै सबैभन्दा उपल्लो तहका अधिकारी हुनुहुन्छ । सचिव राउतले २०६६ सालमा जग्गाको सट्टाभर्नामा टिप्पणी उठाउनुभएको थियो । त्यही टिप्पणीमार्फत भूमाफियालाई जग्गा दिइएको थियो ।

त्यस्तै सहसचिव वैद्यमाथि मालपोत कार्यालय डिल्लीबजारमा हुँदा भूमाफियाको पक्षमा फर्जी कागजात बनाएर जग्गा हिनामिनामा संलग्न रहेको आरोपमा किर्ते मुद्दा चलाइएको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उहाँलाई पनि मुद्दा चलाउन सरकारी वकिलको कार्यालयलाई राय दिएको थियो । त्यसपछि वैद्यलाई गृह मन्त्रालयमा तानिएको थियो । उहाँ दाङका प्रमुख जिल्ला अधिकारी हुनुहुन्थ्यो ।

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार  १२ : ५९ बजे