हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

गाई/गोरु काटेर भोज गर्नेलाई पक्राउ गरेर मुद्दा चलाउने तयारी

काठमाडौँ। धरानमा गाई गोरु काटेर सामुहिक भोज गर्ने उपर पक्राउ गरेर मुद्दा चलाउने तयारी भएको छ। सामाजिक सञ्जालमा गाई गोरुको मासु खाएको भन्दै भिडिओ पोस्ट गर्नेहरुमाथिको अनुसन्धान प्रहरीले अन्तिम चरणमा पु¥याएको छ।

केही दिनअघि सामाजिक सञ्जालमा गाई गोरुको मासु खाएको भन्दै भिडिओ पोस्ट गर्नेहरुलाई प्रहरीले खोजी गरिरहेको छ । घटनामा संलग्नहरूमाथि मुद्दा दायर गर्ने तयारी भइरहेको सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताइन् ।

गाइगोरु काटेर पक्राउ परेका दुई व्यक्ति रिहाइ भएको उपलक्ष्यमा भन्दै धरानमा भोज गरिएको थियो । उक्त भोजको भिडिओ युट्युबमा अपलोड गरेर उक्त भोजको भिडिओ युट्युबमा अपलोड भएपछि विवाद सुरु भएको थियो । 

सुनसरीका पत्रकार महासंघका अध्यक्षसमेत रहेका अभियन्ता जनकऋषी राईसमेतको संलग्नतामा गाइगोरु काटेर खाएको भन्दै सामाजिक सञ्जालमा भिडिओ पोस्ट गरिएको थियो । भिडिओमा देखिएका अन्य व्यक्तिहरू परिचित होइनन् ।

प्रजिअ अधिकारीले धरौटीमा छुटेका दुई जनालाई अदालतमा मुद्दा दायर गर्न लागिएको बताइन् ।

‘धरौटीमा छुटेकाहरूमाथि मुद्दा दायर हुँदैछ । त्यसपछि भएको घटनामा संलग्नहरूमाथि अनुसन्धान भइरहेको छ,’ उनले भनिन् ।

भिडियोमा देखिएकाहरू गाई गोरुको मासु नै खाएका हुन् वा यत्तिकै प्रपोगण्डा गरेका हुन् भन्ने अनुसन्धान गर्न केही समय लागेको बताइन् ।

‘घटनाको वास्तविकता पत्ता लगाउन अलिकति समय लागेको हो, अब छिट्टै पक्राउ पूर्जी जारी गरेर मुद्दा दायर गरिनेछ,’ उनले भने ।

भिडियो हाल्ने, सेयर गर्ने तथा सामाजिक सञ्जालबाट आपत्तिजनक टिप्पणी गर्नेहरु पनि छानबिनमा तानिने उनले बताइन् ।

‘मूल भिडिओ कसले खिचेको हो, त्यो पत्ता लगाउनुपर्‍यो । साँच्चै गोरुको मासु खाएका हुन् कि होइनन्, खाएका हुन् भने कहाँबाट ल्याए सबै बुझ्नुपर्ने हुन्छ । यसले गर्दा अलिकति ढिलाइ भएको हो । अब मुद्दा दायर गर्ने अवस्थामा पुगेका छौँ,’ उनले भनिन् ।

कति जनाविरुद्ध मुद्दा दायर हुँदैछ भन्ने उनले जानकारी दिन चाहिनन् । गोपनीयताका कारण को र कति जना यसमा संलग्न छन् भन्ने सार्वजनिक गर्न नमिल्ने पाण्डेको भनाइ छ ।

नेपालको कानूनले गौहत्यालाई निषेध गरेको छ । गाइगोरु काट्नेहरूमाथि ३ वर्षसम्मको जेल सजायको व्यवस्था छ । तर, खुलेआम गाइगोरु काटेर सामाजिक सञ्जालमा प्रचारप्रसार समेत गर्नेहरूमाथि कारबाही नगरेको भनेर सरकार र प्रशासनको आलोचना भइरहेको थियो ।

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार  १२ : ३४ बजे