सन्दीपविरूद्वको मुद्दा न्यायाधीस पण्डितको इजलासमा

काठमाडौं । राष्ट्रिय क्रिकेट टीमका स्पिनर सन्दीप लामिछाने विरुद्धको मुद्दामा आज जिल्ला अदालत काठमाडौँमा सुनवाइ हुँदै छ ।

न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा सन्दीपको मुद्दाको बहस हुने भएको हो ।

सन्दीपको मुद्दा पेशीको सूचीमा पाँचौं नम्बरमा परेको छ । यदि आज सुनवाइ सुरु भयो भने एक–दुई दिन मै फैसला आउने बताईएको छ ।

फैसलाको चरणमा रहेको मुद्दा विभिन्न कारण देखाई सर्दै आएको छ । जिल्ला अदालतले गत ३२ साउनमा अन्तिम पेसी भनेपनि बिना सुनवाइ स्थगित गरेको थियो । न्या

याधीस राजुकुमार खतिवडाको इजलासले जाहेरीकर्ता गौशाला २६ कि आमाको दोहोरो जन्ममिति देखिएको भन्दै त्यसलाई स्पष्ट पार्ने कागजात मगाएको थियो । उक्त कागज आइसकेपछि आजलाई पेशी तोकिएको हो ।

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार  ११ : २९ बजे