मन्थली विमानस्थलमा पानी पस्यो

एमाले कोसी प्रदेश कमिटीको बैठकलाई अध्यक्ष ओलीले आज सम्बोधन गर्नुहुने

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज पार्टीको कोसी प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्नुहुने भएको छ ।

प्रदेश कमिटी सचिवालय सदस्य होमबहादुर थापाका अनुसार आज बिहान ११ः०० बजे विराटनगरमा आयोजना हुने पार्टीको बैठकलाई सम्बोधन गरेर अध्यक्ष ओली आजै काठमाडौँ फर्कने तयारी छ ।

सिराहाको विष्णुपुरकट्टामा भदौ ९ गते आयोजना गरिएको पार्टीको सचिवालय बैठकमा सहभागी हुन भदौ ८ गते विराटनगर जानुभएका अध्यक्ष ओली प्रतिकुल मौसमका कारण बैठक स्थगित भएपछि झापा जानुभएको थियो । 

झापामा शनिवार पार्टीका कार्यकर्ताहरूको भेलालाई अध्यक्ष ओलीले सम्बोधन गर्नुभएको थियो ।

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार  ९ : ०७ बजे