हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

कस्तो छ आजको मौसम ?

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ। साथै हाल बङ्गलादेशको उत्तरी भू-भागमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोसी,मधेस र बागमती प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ। कोसी प्रदेशका केही स्थानहरूमा तथा मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।  

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र बाँकी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ।

राती भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोसी, मधेस बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशको एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

कोसी प्रदेशको केही स्थानहरूमा तथा मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र बाँकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

साथै कोसी, मधेस र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको तथा यी क्षेत्रहरूबाट बहने नदीको जल सतह बढ्ने, गेग्र्यान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
२०८० भदौ १० गते (आइतबार)
दिउँसो
: देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र बाँकी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।साथै मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ।
राती: देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन / चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। साथै कोसी प्रदेश, मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ।

२०८० भदौ ११ गते (सोमबार)
दिउँसो:
देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र बाँकी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
राती: देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोसी, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। 

२०८० भदौ १२ गते (मङ्गलवार)
दिउँसो:
देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र बाँकी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
​​​​​​​राती: देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोसी र बागमती प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरूमा र बाँकी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार  ७ : ५३ बजे