मन्थली विमानस्थलमा पानी पस्यो

सबै प्रकारका विभेद र असमानता अन्त्य जरुरी : अध्यक्ष ओली

झापा । नेकपा(एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सबै प्रकारको विभेद र असमानताको अन्त्य गरिनुपर्ने बताउनुभएको छ । 

गृह नगर दमकमा शनिवार कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले सामाजिक न्याय प्राप्तिका लागि जात र धर्मका नाममा विभेद गर्न नमिल्ने बताउनुभयो । 

उहाँले ‘कोसी’ सबै जातजाति, भाषाभाषीको अपनत्व हुने साझा नाम भएको पनि धारणा राख्नुभयो । उहाँले केचनाजस्ता होचो स्थानबाट सगरमाथाको फेदसम्मका मान्छेलाई मिल्ने नाम कोसी प्रदेश नै उपयुक्त भएको दाबी गर्नुभयो । 

कोसी प्रदेश नामकरण हुँदा सबैलाई राम्रो हुने भन्दै उहाँले जातीयताका नाममा विवाद गर्न नहुने बताउनुभयो ।

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार  ६ : ५८ बजे