हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

पौडी खेल्नेक्रममा डुबेर दुई युवाको मृत्यु

बाँके । खोला र पोखरीमा डुबेर बाँकेमा दुई जनाको मृत्यु भएको छ । जानकी गाउँपालिका ४ गिजराका २१ वर्षीय किरण बर्माको बेलहनी नालामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिनु भएको छ ।

साथीहरूसँग खोलामा नुहाउन गए बर्मा नालामा बेपत्ता भएका थिए । उनलाई साथीहरूले झण्डै १५ मिनेटपछि पानीबाट निकालेको प्रहरीले जनाएको छ ।

यस्तै पोखरीमा पौडी खेल्ने क्रममा कोहलपुर नगरपालिका १ कौशिलानगरका १७ वर्षीय सुरेश सार्कीको डुबेर मृत्यु भएको छ । बैजनाथ गाउँपालिका ३ एलवी चोकस्थित महेन्द्र तालमा नुहाउन गएका सार्कीको डुबेर मृत्यु भएको डिएसपी डाँगीले बताउनु भयो।

उनीसँगै पौडी खेल्न गएका अन्य दुई जना बेपत्ता भएको प्रहरीले जनाएको छ । दुवै घटनाको बारेमा थप अनुसन्धान भइरहेको डाँगीले बताउनु भयो।

 

प्रकाशित मिति : ९ भाद्र २०८०, शनिबार  ५ : ४८ बजे