सुनको मूल्यमा नयाँ कीर्तिमान

समुन्द्रमा परमाणु दुषित पानी फालेको भन्दै जापानबिरुद्ध फिजीका नागरिकद्वारा बिरोध जुलुस

जापान।  जापानले फुकुसिमा दाइची परमाणु उर्जा संयन्त्रको परमाणु विकिरणबाट उत्पन्न दुषित जल प्रशान्त महासागरमा फालेकोबारे फिजीका नागरिकहरुले बिरोध जनाएका छन् ।

शुक्रवार उनीहरुले देशको सुभास्थित सडकमा नारा लगाउँदै बिरोध जुलुस निकालेका हुन् । फिजी गैर सरकारी संगठन कोलिशन अन ह्युमन राइट्सको नेतृत्वमा प्रदर्शनकारीहरुले समुन्द्र र भावी पुस्ताको रक्षा गर्न टोकियोको कदम रोक्न अन्तर्राष्ट्रिय स्तले कारबाही गर्नुपर्ने बताए । उनीहरुले यो मानिसहरुको लागि अपमान भएको बताए । प्रशान्त महासगरसँग जोडिने देशहरु साना भएपनि सबै देशका मानिस समान हुने र जापानको यो कदम डरलाग्दो रहेको बताए । 

त्यस्तै भविष्यका पुस्ताका लागि गठबन्धनका सह संस्थापक लभेतानालागी सेरुले प्रशान्त क्षेत्रमा आणविक परीक्षणको इतिहास रहेको र मार्शल टापुका मानिसहरु अझैपनि आणविक प्रदुषणसँग जुधिरहेको बताउनु भयो । उहाँले मार्शल टापुले सन् १९४६ देखि १९५८ सम्म संयुक्त राज्य अमेरिकाद्वारा सञ्चालित ६७ आणविक बम परीक्षणको प्रभाव झेलिरहेको छ । 

कार्यक्रमकी सहआयोजक नोएलेन नाबुलिभोले प्यासिफिक नजेताहरु र विश्वका सबै देशहरुले आफूहरुको आवाज सुनेर जापानको कदम रोक्ने विश्वास व्यक्त गर्नुभयो । 

जापानले गत बिहीवार १ बजेबाट फुकुसिमा दाइची परमाणु उर्जा संयन्त्रको परमाणु विकिरणबाट उत्पन्न दुषित जल प्रशान्त महासागरमा फाल्न शुरु गरेको थियो । 

प्रकाशित मिति : ९ भाद्र २०८०, शनिबार  २ : ०६ बजे