सुनको मूल्यमा नयाँ कीर्तिमान

अर्जेन्टिना, इजिप्ट, इथियोपिया, इरान, साउदी अरब र युएई ब्रिक्सको सदस्य बन्ने 

काठमाडौँ – इजिप्ट, संयुक्त अरब इमिरेट्स (युएई) र साउदी अरेबियालाई ब्रिक्स समूहमा सामेल हुने भएका छन् ।

सहभागी हुने पाएकोमा अरब लिगका महासचिव अहमद अबोल घेइतले बधाइ दिनुभएको छ । हाल ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका समावेश रहेको उदीयमान अर्थतन्त्रहरुको ब्रिक्स समूहमा तीन देशलाई सामेल हुन आह्वान गरिएको हो ।

अरब राष्ट्रहरु ब्रिक्समा सम्मिलित हुनुले अन्तर्राष्ट्रिय निर्णय लिनका लागि अरब देशहरु महत्वपूर्ण सावित हुँदै गएको पुष्टि हुने बताइएको छ । घेइतले ब्रिक्स नेताहरु ब्रिक्समा अर्जेन्टिना, इजिप्ट, इथियोपिया, इरान, साउदी अरब र युएईलाई सामेल गर्नका लागि सहमत भएको बताउनु भयो । यी ६ देशको सदस्यता १ जनवरी, २०२४ बाट लागू हुनेछ । सो कुरा दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले बिहीवार समाप्त भएको तीन दिने ब्रिक्स शिखर सम्मेलनको क्रममा पत्रकार सम्मेलनमा जानकारी दिनुभएको हो । 

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार  ७ : ३१ बजे