सुनको मूल्यमा नयाँ कीर्तिमान

क्यानको बागमती प्रदेश अध्यक्षमा उठ्ने पारस खड्काको घोषणा

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले नेपाल क्रिकेट संघ क्यानको बागमती प्रदेश अध्यक्षमा उम्मेद्‍वारी घोषणा गरेका छन् ।

काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पारसले बागमतीका ४ जिल्लाको समर्थनसहित बागमती प्रदेश अध्यक्षमा उठ्ने घोषणा गरेका हुन् । 

पारसलाई काठमाडौं, ललितपुर, भक्तपुर र मकवानपुर जिल्ला क्रिकेट संघका अध्यक्षहरुले समर्थन गर्ने घोषणा गरेका छन् ।

उनी काठमाडौं जिल्ला क्रिकेट संघका कार्य समिति सदस्य हुन् ।
 

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार  ५ : ३२ बजे