सुनको मूल्यमा नयाँ कीर्तिमान

मोदीले सीसँग एक्लै भेटे, भारत-चीन सीमामा तनाव घटाउन सहमति

दक्षिण अफ्रिका ।  भारत र चीनका नेताहरू दुई देशबीचको विवादास्पद सीमामा विद्यमान तनाव घटाउन सहमत भएको एक वरिष्ठ भारतीय अधिकारीले बताएका छन्।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सी जिन्पिङ ब्रिक्स शिखर सम्मेलनमा भाग लिन दक्षिण अफ्रिका गएका छन्। उनीहरूले बुधवार एक्लाएक्लै भेटवार्ता गरेको विवरण आएको छ।

बेइजिङका अनुसार भारतीय प्रधानमन्त्रीको अनुरोधमा सीले उनलाई भेटेका हुन्।सीमामा उत्पन्न तनावका कारण तीन वर्षदेखि भारत र चीनबीच सम्बन्ध चिसिएको छ।

यी शक्तिसम्पन्न राष्ट्रबीच हिमाली क्षेत्र अवस्थित ३,४४० किलोमिटर लामो सीमामा अस्पष्टता छ। त्यसलाई लाइन अफ एक्चूअल कन्ट्रोल (एलएसी) भनिन्छ।

ब्रजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सम्मिलित समूह ब्रिक्सले विश्वमा पश्चिमा राष्ट्रहरूको नेतृत्वलाई चुनौती दिन सक्ने ठानिन्छ।

 

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार  २ : २० बजे