सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौँ । लगातार बढेको सुनको मूल्य आज स्थिर रहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार १०० रुपैयाँ कायम रहेको छ ।

यसैगरी, तेजाबी सुनको मूल्य तोलाको १ लाख १० हजार ५५० रुपैयाँ निर्धारण भएको छ । यसअघि बिहीबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको थियो ।

यसैगरी, शुक्रवार चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेर १४ सय ५० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला १४ सय ६० रुपैयाँ कायम रहेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा शुक्रवार सुन प्रतिऔँस १ हजार ९१४.४१ डलरमा र चाँदी प्रतिऔँस २४.०५ डलरमा कारोबार भइरहेको छ ।

 

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार  १२ : २२ बजे