माथिल्लो मनाङमा हिमपात

आज साँझदेखि वर्षा कम हुने

एमाले गण्डकी प्रदेश कमिटीको भवन बनाउने तयारी, पार्टी सदस्यबाट ५ सय उठाइने 

पोखरा । नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीले २५ करोडको भवन बनाउने तयारी गरेको छ । 

गण्डकी प्रदेश इन्चार्ज एवं सचिव गोकर्ण विष्टले एमाले प्रदेश कमिटीको बैठकमा पार्टीको अत्याधुनिक भवन बनाउने योजना सुनाउनुहुँदै भवन निर्माणका लागि प्रत्येक पार्टी सदस्यबाट ५ सय उठाइने बताउनुभयो । 

उहाँले सक्ने महानुभावहरूले मुठ्ठी फुकाएर सहयोग गर्न समेत आव्हान गर्नुहुँदै पार्टीको भवन निर्माण गरी सभा हल, पार्टी र जनसङ्गठनको भवन कार्यालय रहने बताउनुभयो । 

बैठकमा भवन निर्माणमा गण्डकीका नेताहरू उप महासचिव पृथ्वी सुब्बा गुरुङ, स्थायी कमिटी  सदस्य किरण गुरुङ, खगराज अधिकारीले भवन बनाउन आवश्यक सहयोग गर्ने बताउनुभयो । 

सचिव विष्टले पार्टीका सदस्यहरू, जनप्रतिनिधि, व्यवसायी र शुभेच्छुकले दिल खोलेर सहयोग गर्न आग्रह गर्नुभयो । 

बैठकले ४५ सदस्यीय सचिवालय गठन गर्ने र चाँडै अर्को बैठकमा जिल्लागत जिम्मेवारी तोकिने भएको एमालेले जनाएको छ । 

 

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार  ७ : ५१ बजे