बागमती प्रदेशभित्र बढ्यो सार्वजनिक सवारीको भाडा

काठमाडौं । बागमती प्रदेशभित्र सार्वजनिक सवारी साधनको भाडा बढेको छ ।

भदौ ४ गते बसेको बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले भाडा बढाएको हो ।

इन्धनमा मूल्यवृद्धि भएसँगै प्रदेस सरकारले भाडा समायोजन गरेको हो । काठमाडौं उपत्यकाभित्रका सार्वजनिक सवारीमा ५ किलोमिटरसम्म १८ रुपैयाँ भाडा कायम गरिएकामा एक रुपैयाँ बढाएर १९ पुर्‍याइएको छ।

उपत्यकामा १० किलोमिटरसम्म २६, १५ किलोमिटरसम्म ३१, २० किलोमिटरसम्म ३५ र २० किलोमिटरभन्दा माथिको दूरीमा ४० रुपैयाँ भाडा कायम गरिएको छ।

यस्तै ट्याक्सी भाडामा सुरू फ्याग डाउन ५२ रुपैयाँ कायम गरिएको छ। प्रति २०० मिटर १० रुपैयाँ ३४ पैसा कायम गरिएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहिबार  ७ : ३५ बजे