माथिल्लो मनाङमा हिमपात

आज साँझदेखि वर्षा कम हुने

रेशम चौधरीले बनाए टीकापुर घटनामा ज्यान गुमाएका नाबालकको शालिक

​​​​​​​टीकापुर ।  नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले टीकापुर घटनामा ज्यान गुमाएका नाबालिकको शालिक अनावरण गरेका छन्।

टीकापुर घटना भएको आठ वर्ष पुगेको दिनमा नाबालिक टेकबहादुर साउँदको शालिक अनावरण गरिएको हो। बिहीबार टीकापुरमा आयोजित एक कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरी, पार्टी अध्यक्ष तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रन्जिता श्रेष्ठ चौधरी, टेकका बाजे जंग साउँद, बुवा नेत्र साउँदलगायत परिवारजनले संयुक्त रुपमा शालिक अनावरण गरेका हुन्।

शलिक पूर्व सांसद चौधरीकै पहलमा निर्माण गरिएको हो। २०७२ भदौ ७ गते भएको टीकापुर घटनामा आठ जना सुरक्षाकर्मी र नाबालक टेकको ज्यान गएको

तीन तहका अदालतले टीकापुर घटनामा चौधरीलाई दोषी ठहर गरेका थिए। उनी गणतन्त्र दिवसका दिन राष्ट्रपतिबाट कैद मिनाहा भएपछि रिहा भएका थिए। टीकापुरमा शान्ति र सद्भाव कायम राख्न आफूले पहल थालेको चौधरीले बताए।

शालिक अनावरण गर्दै चौधरीले भने, “टीकापुर घटनामा ज्यान गुमाएका नाबालक टेकबहादुर साउँद मेरो पनि बच्चा हो।”

टेकका परिवारसँग आफ्नो सम्बन्ध रहेको उनले बताए। “नेत्र साउँद (टेकका बुवा) र म दाइभाइ हो। उहाँको बच्चा मेरो पनि बच्चा हो। हाम्रो भावनामाथि खेल्ने प्रयास हुँदै छ,” चौधरीले भने।

थियो।आफूले शालिक बनाउँदै गर्दा धेरैले अवरोध गर्न खोजेको उनको भनाइ थियो। “मैले सालिक बनाउँदै गर्दा पनि धेरैले भनेछन् सालिक ल्याउन नलगाउनुस्,” चौधरीले भने,  “साउँद परिवारले मलाई र टीकापुरलाई बुझ्नुभएको छ। उहाँहरूकै सद्भावले म माननीय पनि भएँ।”

उनले टीकापुर घटनालार्य दुर्भाग्यपूर्ण घटना भनेर उल्लेख गरे। अधिकार प्राप्तिका लागि भएको अखण्ड र थरुहट आन्दोलनका क्रममा यो घटना भएको उनको भनाइ थियो। “असन्तुष्ट थरुहट आन्दोलनकारीभित्र आगोको झिल्को थियो। त्यही आगोको झिल्कोमा अरूले खाना पकाउने कार्य गरे,” चौधरीले भने।

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहिबार  १ : ५३ बजे