हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

काठेपुल भत्किएर बेपत्ता भएका ल्वार मृत भेटिए

बाजुरा । बाजुराको बुढीनन्दा नगरपालिका वडा नम्बर ३ स्थित घोडाकोट खोलाको काठे पुल भत्किदा खसेर बेपत्ता भएका स्थानीय गंङ्ग ल्वार मृत भेटिएका छन्।

बुढिनन्दा ३ बस्ने लली ल्वारका २६ बर्षीया छोरा गङ्ग ल्वारको शव फेला परेको इलाका प्रहरी कार्यालय कोल्टीले जनाएको छ । बुधवार दिउसो १ बजे तिर लेकबाट भैंसी लिएर घर फर्किने क्रममा घोडाकोट खोला तर्ने क्रममा पुल भत्किदा बगेर बेपत्ता भएका ल्वारको शव आज बिहान वडा नं. ३ कै सिलाजु पुल नजिक भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख कविन्द्र बोहोराले बताउनु भयो।

लेकबाट भैंसी ल्याएर घर फर्किने क्रममा पुल भत्किदा ल्वारसँगै भैंसीको पाडो पनि बेपत्ता भएको थियो। बेपत्ता पाडो भने गम्भीर चोट लागेको अवस्थामा फेला परेको छ। बाजुरामा यो वर्षको मनसुन सरु भए यता खोलाले बगाएर ल्वार लगायत तीन जनाको मृत्यु भइसकेको छ भने एक जना अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहिबार  १ : ४६ बजे