हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

झापाका चिया श्रमिकको आन्दोलन १० दिनका लागि स्थगित

झापा । ज्यालाबृद्धिको माग गर्दै आन्दोलनमा उत्रिएका झापाका चिया श्रमिकको आन्दोलन १० दिनका लागि स्थगित भएको छ ।

वार्ता र सम्वादका लागि भन्दै ट्रेड युनियनहरुले भदौ १७ गतेसम्मका लागि आन्दोलन स्थगित गरेका हुन् । आज भदौ ७ गतेदेखि चिया बगान र प्रशोधन कारखाना बन्द गर्ने पूर्व घोषित आन्दोलनको कार्यक्रम १० दिनका लागि पछाडि सारिएको नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघका उपाध्यक्ष सहीकुमार राईले बताउनु भयो ।

चिया श्रमिक आन्दोलनको तयारीमा लागिरहेका बेला सरकारले साउन १ देखि लागू हुने गरी भन्दै श्रमिकको ज्याला वृद्धि गर्ने निर्णय गरेको थियो ।

तर, ज्याला कार्यान्वयनका विषयमा चिया उद्योगीले सार्वजनिकरुपमा असहमति जनाइसकेका छन् । सरकारले तोके अनुरुपको ज्याला कार्यान्वयनका लागि सहज वातावरण बनाृउन भदौ १७ गतेसम्मका लागि आन्दोलन स्थगित गरिएको अखिल नेपाल चिया मजदूर संघले जनाएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहिबार  १ : ४१ बजे