माथिल्लो मनाङमा हिमपात

आज साँझदेखि वर्षा कम हुने

गौरा पर्वजस्ता मौलिक चाडले राष्ट्रिय एकतालाई थप सुदृढ तुल्याउने पूर्व राष्ट्रपति भण्डारीको विश्वास 

काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको मध्य तथा सुदूरपश्चिम क्षेत्रमा मनाइने गौरा पर्व, २०८० का अवसरमा शुभकामना सन्देश दिँदै यस्ता मौलिक चाडले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ तुल्याउन योगदान दिने विश्वास व्यक्त गर्नुभएको छ ।

उहाँले सन्देशमा विविध भौगोलिक क्षेत्रमा बसोबास गर्ने विभिन्न जातजाति, भाषाभाषी र सांस्कृतिक परम्परा बोकेका यस्ता पर्वले नेपालीलाई समाजमा विद्यमान अन्धविश्वास, सबै प्रकारका विभेद तथा विसङ्गतिलाई अन्त्य गरी समतामूलक, सभ्य र सुसंस्कृत समाज निर्माणका लागि अग्रसर हुन प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि व्यक्त गर्नुभएको छ । 

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहिबार  ६ : ५३ बजे