हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

काभ्रेका दिनेश ढुंगानाको साउदीमा टिपरबाट खसेर मृत्यु

साउदी अरेबिया ।  बैदेशिक रोजगारको क्रममा साउदी अरेबिया पुगेका काभ्रे पाँचखाल ८ का दिनेश प्रसाद ढुंगानाको साउदीमा मृत्यु भएको छ । 

मृतक ढुंगाना साथी रामशरण बजागाईका अनुसार टिपरबाट खसेर उनको मृत्यु भएको हो। ट्रिपरबाट खसेर घाइते भएका ढुंगानाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो।

 ढुंगानाको शव अहिले हस्पिटलमै छ। मृतक ढुंगानाको मृत्युपछि सम्बन्धित कम्पनीले नेपाली बाणिज्य दुतावास जेद्दामा जानकारी गराएको छ भने दूतावासले पनि  आवश्यक प्रक्रिया सुरु गरी  शव चाँडो नेपाल पठाउने  जानकारी दिए । 

ढुंगाना  साउदीको अजदाफ यम्बु टेडिङ कम्पनीमा  चालको रुपमा कार्यरत रहेका थिए ।

उनी नेपालमा रहेको  अरर्निको ओभरसिज लिमिटेड नामक मेनपावर बाट २०२० फ्रेब्रुअरीमा टिपर चालको रुपमा साउदी पुगेका थिए। पहिला २००६ मा सोही कम्पनीमा आइ ३ वर्ष काम गरी फर्केका थिए । 

ढुंगानाको श्रीमतीसहित एक छोरा र एक छोरी छन्।

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार  ६ : ४८ बजे