एनपीएलको ट्रफी सार्वजनिक

शिक्षकको माग गर्दै विद्यार्थीद्धारा विद्यालयमा तालाबन्दी 

सल्यान । शिक्षकको माग गर्दै सल्यानको एक विद्यालयका विद्यार्थीहरुले विद्यालयमा तालाबन्दी गरेका छन् । जिल्लाको बागचौर नगरपालिका ७ टाट्केमा रहेको बालकन्या माध्यमिक विद्यालयमा शिक्षक नहुँदा पठनपाठन प्रभावित भएको भन्दै विद्यार्थीहरुले विद्यालमा तालाबन्दी गरेका हुन ।  

वैशाख देखि कक्षा १ देखि ५ सम्म अंग्रेजी र कक्षा १ देखि १० सम्म गणित विषय विगत एक महिनादेखि पठन पाठन नभएपछि बाध्य भएर विद्यालयमा तालाबन्दी गर्नु परेको विद्यार्थीहरुको भनाई छ । प्राथमिक तहमा चार महिना देखि र माध्यमिक तहमा एक महिनादेखि अंग्रेजी र गणित विषयको शिक्षकको माग गर्दै तालाबन्दी गर्नु परेको विद्यार्थी कमल वलीले बताउनु भयो । सामुदायिक विद्यालयमा धेरै विद्यार्थी अंग्रेजी र गणित विषयमा कमजोर छन् तिनै विषयका शिक्षक नहुँदा हाम्रो पढाइ कस्तो होला उहाँले प्रति प्रश्न गर्नु भयो । 

आधा शैक्षिक सत्र सम्पन्न हुँदै गर्दा समेत पठन पाठन राम्रोसँग अघि बढ्न नसकेको पुष्पा वलीको भनाई छ । कक्षा १ देखि १०सम्मका विद्यार्थीले गणित र अंग्रेजी विषय पढनबाट बञ्चित भएको उहाँको भनाई छ । 
विद्यालयबाट चालु शैक्षिक सत्रमा एक जना सरुवा, नगरपालिकाको अनुदानमा अध्ययपन गराइ रहेका ती शिक्षकलाई विनाकारण हटाइए पछि विद्यालयको पठन पाठन प्रभावित भएको छ । एक निजी सहित तीन शिक्षकलाई नगरपालिकाले हटाएपछि पठनपाठन प्रभावित बनेको प्रधानाध्यापक चक्रपाणी गौतमको भनाई छ । सरुवा भएर गएका शिक्षकको ठाउँमा अर्को शिक्षक आउने तयारी भएको नगरपालिकाबाट हटाइएका अनुदानका शिक्षकको सवालमा नगरपालिकाबाट नै समाधान हुनु पर्ने उहाँको भनाई छ । 
 

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार  ४ : २८ बजे