सुनको मूल्यमा नयाँ कीर्तिमान

निर्माणाधीन पुल भत्किँदा १७ जनाको मृत्यु

नयाँदिल्ली । भारतको मिजोरममा एउटा निर्माणाधीन रेलवे पुल भत्कँदा १७ जनाको मृत्यु भएको छ । मिजोरमको राजधानी एजवालबाट २१ किलोमिटरको दूरीस्थित साइरङमा निर्माणाधीन पुल आज (बुधबार) बिहान ११ बजे भत्किएको हो ।

४० मजदुर काम गरिरहेका बेला पुल एक्कासि भत्किएको प्रहरीले जनाएको छ । पुलको अवशेषमा १७ जनाको शव फेला परेको र अन्य कामदार हराइरहेको जनाइएको छ ।

घटनास्थलमा उद्धारका लागि स्थानीय संघसंस्थाहरु सक्रिय छन् । उत्तरपूर्वी क्षेत्रका राजधानीलाई रेलवे सञ्जालसँग जोड्न भारतीय रेल्वेले परियोजना सञ्चालन गरिरहेको थियो । घटनाप्रति मिजोरमका मुख्यमन्त्री जोरामथाङगाले दुःख व्यक्त गर्दै उद्धार कार्यलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार  ४ : २५ बजे