हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

पर्यटन मन्त्री किराँतीलाई पितृ शोक

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई पितृ शोक परेको छ । 

मन्त्री किराँतीका बुवा हर्कबहादुर राईको ७६ वर्षको उमेरमा आज बिहान वीर अस्पतालमा निधन भएको हो।

मन्त्री किराँतीको सचिवालयका अनुसार राई विगत दुई सातादेखि वीर अस्पतालमा उपचारत हुनुहुन्थ्यो ।  

मन्त्री किराँतीले पनि सामाजिक सञ्जालमार्फत आफ्ना बुवाको निधन भएको जानकारी गराउनुभएको छ । 

भरखरै बुबाले धोका दिनुभयो ! आमाले त हामीलाई पहिला नै धोका दिएर जानुभो ! उप्रान्त बुबा आमा त रहनु भएन रह्र्यो त केवल खिचि छोडेको तस्बिर आँखामा । पितृत्व र मातृत्व छाती भित्र । आज बाट हामी पूर्ण रूपमा टुहुरो भयौँ तर कर्तव्य बाट टुहुरो बन्न मिल्दै मिल्दैन साह्रा नेपाली मेरो आमा बुवा हुन बाँकी जीवन उहाँहरूको सेवामा लगाउने छु । निःशब्द छु तर भन्न बाध्य छु बुबा हार्दिक श्रद्धाञ्जली ! मन्त्री मन्त्री किराँतीले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।

 

 

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार  ८ : ४० बजे