माथिल्लो मनाङमा हिमपात

एमाले अध्यक्ष ओलीसँग अमेरिकन राजदूतको भेट

भक्तपुर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग अमेरिकी राजदूत डिन आर.थम्पसनले भेटवार्ता भएको छ ।

अध्यक्ष ओलीको सचिवालयका अनुसार एमाले अध्यक्ष ओली र राजदूत थम्पसबीच मङ्गलवार बालकोटस्थित ओली निवासमा भएको भेटमा देशको समसामयिक विषय र विकासका बारेमा कुराकानी भएको बताइएको छ । 

एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईको समेत सहभागिता रहेको भेटमा नेपाल र अमेरिकाबीचकोे सम्बन्धको बारेमा पनि छलफल भएको अध्यक्ष ओलीको सचिवालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार  ७ : २८ बजे