माथिल्लो मनाङमा हिमपात

संसद् बैठक आज पनि नबस्ने

काठमाडौं । आज ३ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक नबस्ने भएको छ। 

नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सुन प्रकरणमा उच्चस्तरीय समितको कार्यविधिबारे टुंग्याउने, ४ बजे प्रधानन्यायाधीशको शपथमा प्रधानमन्त्री र सभामुख जानुपर्ने र एमाले अध्यक्ष ओली अस्वस्थका कारण बैठक नबस्ने बताउनुभयाे ।

संसद बैठक बुधबार दिउँसो ३ बजे बस्ने भएको छ । 

प्रमुख सचेतक गिरीले समिति गठन गर्न बनेको कार्यदलले ड्राफ्ट तयार पारिसकेको जानकारी दिनुभयाे ।  कार्यदलमा एमालेका सुवास नेम्वाङ, माओवादीका हितराज पाण्डे र नेपाली कांग्रेसका रमेश लेखक हुनुहुन्छ ।

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलबार  ४ : १३ बजे