हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

कोहलपुर घर घरमा सर्प छिरेपछि ……….

बाँके । सोमबार बिहानबाट परेको अविरल वर्षाका कारण बाँकेको कोहलपुर नगरपालिकाको अधिकांश भागमा पानी भरिएर डुबान भएको छ । पानी भरिएर नगरपालिकाको वडा ११ गोलपार्क न्युरोड क्षेत्रलगायत वडा १, २, १४, ८, ९ र १० ,१२ का केही बस्तीमा डुबान भएको नगरपालिकाले जनाएको छ ।

पानीले नगर डुबान मात्र भएको छैन डुबान परेका घरहरूमा सर्पको र किराहरूको बिगबिगी समेत बढेको कोहलपुर १२, सुन्दरबस्तिमा मैने कामीको भनाई रहेछ । लगातारको वर्षाले रातभरि सुत्न नसक्ने पीडा त छदै छ यसैमा सर्प घर भित्र पसेर थप डर सिर्जना गराएको बताउनु भएको छ।

यस्तै कोहलपुरको मुख्य बजार दसबिघा क्षेत्र र गोलपार्क क्षेत्रमा डुबान हुँदा स्थानीयलाई आवागमनमा सास्ती भएको छ । स्थानीयको गुनासो रहेको छ। कोहलपुर नगरपालिकाले निर्माण गरेका नाला तथा नालीको सफाइ नगरिएका कारण मुख्य बजारसहित अधिकांश टोलहरू डुबानमा परेको हो ।

केही घण्टाको पानीमा नगर डुबानमा पर्नु भनेको निकै गम्भीर कुरा भएको जनाउँदै पानी निकासको तत्काल व्यवस्था मिलाउनुपर्ने स्थानीय रमेश शर्माले बताउनु भयो। डुडुवा खोला वरिपरिका बस्तीहरू पनि डुबानमा परेका छन् । कोहलपुर नगरपालिकाका मेयर पूर्ण आचार्यले सोमवार बिहानैबाट अहिले सम्म नगरपालिकाका नगर प्रहरीहरू पानीको निकास खोल्न सक्रिय रहेको बताउनु भयो ।

उहाँले डुबान भएका क्षेत्रहरूको निरीक्षण र अनुगमन गर्ने कार्य भइरहेको जनाउँदै जम्मा भएको पानी धेरै बेरसम्म नटिक्ने हुँदा ठुलो समस्या नहुने बताउनु भयो । पानीको निकासका लागि नगरपालिकाले निरन्तर काम गर्दै आएको पनि नगरप्रमुख आचार्यले बताउनु भयो ।

जथाभाबी सडक निर्माण तर नाली निर्माण नगरिएकोले कोहलपुर डुबानमा परेको स्थानीयहरूको जन गुनासो छ। 

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलबार  १ : ४४ बजे