हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

व्यत्तिको जग्गामा वृक्षारोपण गर्न पुगेका साम्पाङको धम्की – एउटा विरुवा उखलेर देखा घर भत्काइदिन्छु

काठमाडौँ। गत सम्पन्न स्थानीय तहको निर्वाचन पछि एकाएक चर्चामा आएका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ बेलाबेलामा ‘अन्टसन्ट’ बोलेर विवादमा आइरहन्छन् । 

कहिले धार्मिक विषयमा अस्वाभाविक पहारमा उत्रने उनी कहिले व्यक्तिको जग्गामा बिरुवा रोपेर विवादमा आउँछन् । कुनै समय सामाजिक सञ्जालमा ‘वाहवाही’ कमाएका साम्पाङ पछिल्लो समय एक पछि अर्को गरी विवादमा तानिँदै आइरहेका छन् । 

व्यक्तिको जग्गामा बृक्षारोण गर्न गएपछि साम्पाङ पछिल्लो समय निकै विवादित बने । उनै साम्पाङ र जग्गाधनीबिचको विवाद सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । साम्पाङलाई एक महिलाले अदालतको पत्र हेर्नु भएन भन्दै सम्झाइरहेकी थिइन् । 

तर,साम्पाङले तपाईँको ठाउँ भनेर कसले भन्यो भन्दै पन्छिन खोजिरहेका थिए । ती महिलाले रोपेको बिरुवा उखेलेर फालिदिने धम्की दिएपछि मेयर साम्पाङले,‘एउटा बिरुवा उखेलेर देखा घर भत्काइदिन्छु भन्दै आक्रोश पोखे । आफ्नो व्यक्तिगत जग्गामा हस्तक्षेप गर्न आएको भन्दै मेयर साम्पाङलाई विरुद्ध जग्गाधनीहरू ‘फायर’ खोलिरहेका थिए । साम्पाङले जग्गाधनीको घर नै भत्काइदिने धम्की दिएपछि उनीहरूलाई नगर प्रहरी र एक व्यक्तिले सम्हालिरहेका थिए । 

त्यही विषयलाई लिएर मेयर साम्पाङले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै पक्राउ गर्न माग गरेका छन् । २४ घण्टाभित्र पक्राउ नगरिए मुद्दा दायर गर्ने उनको चेतावनी छ । 

उनको स्ट्याटस यस्तो छ :

यो देशमा राज्य सरकार छ छैन रु म माथि अभद्र व्यवहार गर्नेलाई २४ घण्टा भित्र पक्राउ गरी कस्टडीमा राखेर अनुसन्धान चलाइएन भने मैले पत्रकार सम्मेलन गरी र सम्बन्धित निकायहरू विरुद्ध नै मुद्दामा जानुको विकल्प रहने छैन १ त्यस पछिको अराजकताको जिम्मेवारी कसले लिने रु अनि, नागरिकको आन्दोलनलाई कसले सम्बोधन गर्ने ?

साम्पाङ केही दिनअघि सर्दु जलाधार क्षेत्रमा गएर व्यक्तिगत जग्गामा दलबलसहित गएर वृक्षारोपण गरेका थिए । उच्च अदालत विराटनगरले मेयर हर्क साम्पाङलाई व्यक्तिको निजी स्वामित्वमा रहेको जग्गामा वृक्षारोपण नगर्न अन्तरिम आदेश जारी गरेको थियाे । 

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलबार  १२ : ३८ बजे