सिआईबीले लियो सञ्जय ‘टकला’ सँग बयान

काठमाडौँ । बालुवाटार स्थित ललिता निवास जग्गा प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो(सिआईबी)ले पूर्व राज्यमन्त्री सञ्जय साह ‘टकला’को बयान लिएको छ ।

पूर्व भौतिक योजना तथा निर्माण राज्यमन्त्री टकलालाई नख्खु कारागारको थुनाबाट झिकाएर महाराजगन्ज स्थित सिआईबीको कार्यालयमा बयान लिएको बताईएको छ ।

जनकपुर बम काण्डमा ५ वर्षदेखि नख्खु कारागारमा रहेका साहविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । उनी राज्यमन्त्री हुँदा ललिता निवासको सरकारी जग्गा हिनामिनामा संलग्न देखिएको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धान निष्कर्ष छ ।

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलबार  १० : ११ बजे