ललिता निवास प्रकरण: सिआईबीले लियो विजयकुमार गच्छदारसँग बयान

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्व उप–प्रधानमन्त्री विजयकुमार गच्छदारसँग बयान लिएको छ ।

सिआईबीका अनुसन्धान अधिकृतहरुले सोमबार साँझ गच्छदारसँग बयान लिएका हुन् ।

गच्छदारविरुद्ध अदालतबाट पक्राउ पुर्जी पनि जारी भईसकेको छ । सिआईबीको फरार सूचिमा रहेका उनलाई बयान लिएर छोडिएको छ । सोमबार नै अनुसन्धान प्रतिवेदन बुझाउने तयारीमा रेहेको सिआईबी पूर्वमन्त्री चन्द्रदेव जोशी र गच्छदारको बयान लिँदा ढिला भएको अधिकारीहरु बताउँछन् ।

संगठित रुपमा सरकारी लिखत किर्ते गरेर ललिता निवासको १४७ रोपनी जग्गा हिनामिना प्रकरणमा गच्छदार संलग्न रहेको सिआईबीको अनुसन्धान निष्कर्ष छ । यस प्रकरणमा हाल १८ जना हिरासत छन् ।

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलबार  ८ : ४८ बजे