हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

यी हुन् सुधार गृहको झडपमा घाइते भएकाहरु

भक्तपुर – भक्तपुर जिल्लाको मध्यपुर थिमि नगरपालिका वडा नम्बर २ सानोथिमिस्थित बाल सुधार गृहमा भएको झडपमा प्रहरी र  बन्दीहरु घाइते भएका छन् ।

बाल सुधार गृहमा भएको झडप पश्चात २२१ जना बन्दि भागेका थिए जस मध्ये प्रहरीले हालसम्म १९४ जना बन्दीहरुलाई पक्राउ गरिसकेको छ भने २७ जना पक्राउ गर्न बाकीं रहेको छ ।

यी हुन् घाईतेहरु :-

नागरीक अस्पताल

१) परिसर भक्तपुर दरबन्दी भई हाल ऐ. कार्यरत बर्ष २५ को प्र.ज. लक्षमण खड्का, अवस्था बोल्न सक्ने, बाया खुट्टामा सामान्य चोट । ऐ.१७;५० बजे डिस्चार्ज ।
२) जिल्ला अदालत दरबन्दी भई हाल प्रभाग बालकोटमा कार्यरत बर्ष ३८ को प्र.ह. श्याम शंकर ठाकुर, अवस्था बोल्न सक्ने, टाउको, दाहिने हात र ढाडमा भित्री चोट । ऐ.१७;२० नेपाल प्रहरी अस्पताल रिफर

भक्तपुर अस्पताल

१) जिल्ला काठमाण्डौँ कारागार दरबन्दी भई हाल परिसर भक्तपुरमा कार्यरत बर्ष ३४ की प्र.ह. चन्द्रमाया राई, अवस्था बोल्न सक्ने, दाहिने खुट्टा फ्याक्चर ।
२) जिल्ला काटमाण्डौँ नारायणीहिटी दरबन्दी भई हाल परिसर भक्तपुरमा कार्यरत बर्ष ३८ की प्र.ब.ह. बेलकुमारी बुढाथोकी, अवस्था बोल्न सक्ने, टाउकोमा टुटुल्को उठेको र दाहिने हातको कुहिनामा गहिरो चोट ।

भक्तपुर ईन्टरनेश्नल अस्पताल

१) परिसर भक्तपुर दरबन्दी भई हाल ऐ. कार्यरत बर्ष ३८ को प्र.ह सुर्य बस्नेत, अवस्था बोल्न सक्ने, टाउको, निधार र बाया खुट्टामा चोट ।
२) बालसुधार दरबन्दी भई हाल परिसर भक्तपुरमा कार्यरत बर्ष २४ को प्र.ज. पुनम टमाटा, अवस्था बोल्न सक्ने, बाया हातको कुममा र खुट्टामा चोट ।

मध्यपुरथिमि अस्पताल

१) बृत्त ठिमीमा कार्यरत प्र.ना.उ रबिन श्रेष्ठ, अवस्था बोल्न सक्ने, दाहिने खुट्टाको नली खुट्टामा चोट ।
२) बृत्त ठिमीमा कार्यरत प्र.नि. संजिब ओली, अवस्था बोल्न सक्ने, दाहिने पातो फ्याक्चर र नाडिमा चोट । ऐ. १६;३० बजे नेपाल प्रहरी अस्पताल रिफर ।
३) प्र.स.ह. बादुरे राउत, अवस्था बोल्न सक्ने, बाया खुट्टा र टाउकोमा चोट । ऐ. १६;३० बजे डिस्चार्ज ।
४) प्र.ज. सन्तोष पचभैया, अवस्था बोल्न सक्ने, बाया खुट्टाको थाईमा चोट, ऐ. १६;३० बजे डिस्चार्ज ।
५) प्र.ज. भरत अड्केजा, अवस्था बोल्न सक्ने, बाया खुट्टा र दाहिने हातमा भित्री चोट । ऐ. १६;३० बजे डिस्चार्ज ।

सशस्त्रको नागरिक अस्पतालमा

१) प्र.ब.ह. हरिशरण थापा वर्ष ४० को ( बाया हातमा दछारिएको चोट ) बोल्न सक्ने ।
२) प्र.स.ह.माधव अधिकारी वर्ष ३२ को टाउको र दुवै हातमा चोट ) बोल्न सक्ने ।
३) प्र.स.ह.ज्ञान ब महत वर्ष ३५ को ( ढाड र बाया हातमा चोट ) बोल्न सक्ने ।
४) प्र.ज.राम प्रवेश सिंह वर्ष २४ को ( ढाड र दुवै हातमा चोट ) बोल्न सक्ने ।
५) प्र.ज.उमेश कुमार कलवार वर्ष २३ को ( बाया खुट्टामा बाया चोट ) बोल्न सक्ने ।
६) प्र.ज.राधिका थापा वर्ष २९ को दुवै हात , टाउको र दुवै खुट्टामा दछारिएको चोट ) बोल्न सक्ने ।
७) प्र.ज.कल्पना श्रेष्ठ वर्ष २६ की ( दाया पाता र दाया थाईमा भित्री चोट ) बोल्न सक्ने ।
८) प्र.ज.सुदन सुवाल वर्ष २४ को ढाडमा भिँत्री चोट । बोल्न सक्ने ।
(सशस्त्रको सबै घाईतेहरु ऐ.१७;४५ बजे सशस्त्र अस्पताल बलम्बु रिफर )

बालविज्याईकर्ता घाईते ( नागरिक अस्पतालमा)

१) वर्ष १८ को साहिन गोपाली, (टाउको र बाया घुँडामा चोट ) बोल्न सक्ने
२) वर्ष २२ को दिले परियार , (टाउकोमा चोट ) बोल्न सक्ने ।
३) वर्ष २१ को विश्वास गपाली ,(टाउको र बाया घुँडामा चोट ) बोल्न सक्ने ।
४) वर्ष २२ को अर्जुन नेपाली (टाउकोमा चोट ) बोल्न सक्ने ।
५) वर्ष १८ को सन्देश खत्री, (टाउकोमा चोट ) बोल्न सक्ने ।
६) वर्ष २० को दिनेश पुन मगर ,(दाहिने खुट्टा र टाउकोमा चोट) बोल्न सक्ने ।
७) वर्ष २२ को विशाल पाण्डे (वान्ता गरेको) बोल्न सक्ने ।

बालविज्याईकर्ता घाईते (ट्रमा सेन्टर)

१) वर्ष १८ को शंकर घर्ती , ( दाहिने गर्धनमा चोट, बोल्न सक्ने)

बालविज्याईकर्ता घाईते ईन्टरनेश्नल अस्पतालमा

१) वर्ष २२ को उमेश कार्की,टाउको र मुखमा चोट ,बोल्न सक्ने ।
२) वर्ष २० को सन्जिव तामाङ ,बाया हातको औलामा चोट ,बोल्न सक्ने ।

अन्य क्षतिको विवरण :-

१) बालसुधार कार्यालय को १ नं को पोष्टमा रहेको कुर्ची ,टेवल ,सिसाको वत्ती फुटेको ।
२) टिभि १ थान
३) युसेफ अफिसको झ्यालको सिसा ,लाईट,टेको ,सिसि क्यामरा, कम्युटरको स्टेन तार राउटर र कुर्सी क्षती भएको ।
४) बालसुधारगृह भवन क्षती,कुर्सी,वेन्च ,झ्याल,ढोका लाईट सबै क्षती भएको
५) बालबिज्याईकर्ता बस्ने व्यारेकको झ्यालको सिसा फुटेको ।
६) वाडेनको कार्यकक्षमा रहेको सिसिटिभी क्यामरा मनिटर र दराज टेबल क्षति भएको ।

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार  ८ : १६ बजे