माथिल्लो मनाङमा हिमपात

एमालेको सचिवालय बैठक पार्टीको ऐतिहासिक चौथो महाधिवेशन भएको स्थल सिराहा हुने 

​​​​​​​लहान । नेकपा एमालेको सचिवालय बैठक पार्टीको ऐतिहासिक चौथो महाधिवेशन भएको स्थल सिराहाको विष्णुपुरकट्टीमा हुने भएको छ ।

यस ठाउँमा भएको महाधिवेशनले २०४६ सालमा मदन भण्डारीलाई पहिलो पटक तत्कालीन नेकपा मालेको महासचिव निर्वाचित गरेको थियो ।

एमाले मधेस प्रदेश कमिटीका अध्यक्ष रामवतार यादवका अनुसार विष्णुपुरकट्टीमा रहेको मदन भण्डारी स्मृति पार्कलाई बैठक स्थल बनाइएको छ । उक्त स्थानमा चौथो महाधिवेशन भएको घरलाई पनि संरक्षण गरेर राखिएको छ । 

२०४६ साल भदौ ९ देखि १४ गतेसम्म भएको चौथो महाधिवेशनको सम्झनामा ३४ वर्षपछि एमालेका शीर्ष नेताहरू सिराहाको विष्णुपुरकट्टीको सरेअम्बास पुग्न लागेका हुन् । 

एमालेको सचिवालय बैठक यही भदौ ९ गते बस्दै छ ।  बैठकमा सहभागी हुन पार्टी अध्यक्ष केपी शर्मा ओली ८ गते नै विराटनगर जाने कार्यक्रम रहेको जनाइएको छ । 

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार  ९ : ४७ बजे