सुनको मूल्यमा नयाँ कीर्तिमान

इंग्ल्यान्डलाई हराउँदै स्पेनले जित्यो विश्वकप फुटबलको उपाधि

काठमाडौँ। युरोपेली राष्ट्र स्पेनले फिफा महिला विश्वकप फुटबल प्रतियोगिताको उपाधि उचालेको छ । अस्ट्रेलियाको सिड्नीस्थित स्टेडियम अस्ट्रेलियामा भएको ९ औँ संस्करणको फाइनल खेलमा इंग्ल्यान्डलाई १-० गोलले हराउँदै स्पेनले महिला विश्वकपको उपाधिमा पहिलो पटक जितेको हो । 

स्पेन विश्वकपको समूह चरणको खेलमा जापानसँग ४-० गोलले पराजित भए पनि उपाधि उचाल्न सफल भयो । 

पहिलो पटक फाइनल पुगेको स्पेनलाई जित दिलाउन ओल्गा कार्मोनाले गोल गरेकी थिइन् । खेलको २९ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । 
स्पेनलाई ७०औँ मिनेटमा पेनाल्टीमार्फत् अग्रता दोब्बर गर्ने मौका मिले पनि जेनिफर हर्मोसोले गोल गर्न सकिनन् । 

स्पेनले यो महिला विश्वकप फुटबलमा सर्वाधिक १८ गोल गर्न सफल भयो । उपविजेता बनेको इंग्ल्यान्डले १३ गोल गर्‍यो । 

सन् २०१० मा पुरुष विश्वकप जितेको स्पेनले महिला विश्वकप पनि जितेको छ । यसैसँग महिला र पुरुष विश्वकप जित्ने राष्ट्रमा जर्मनीपछि स्पेन थपिएको छ ।  

प्रकाशित मिति : ३ भाद्र २०८०, आइतबार  ६ : ०३ बजे