साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

समृद्ध बलेफी कफीबाट सहज सम्भव छ

सिन्धुपाल्चोक । कफी चक्र प्रविधि तालिम बलेफीमा शनिवार सम्पन्न भएको छ । तालिमको समापन गर्दै राष्ट्रिय चिया,कफी विकास बोर्डका उपनिर्देशक डा.लक्ष्मण पोखरेलले बलेफी गाउँपालिकाको ८० %  प्रतिशत भूभाग अर्गानिक कफी उत्पादनमा योग्य रहेको औँल्याउनुभयो । 

कफी सिन्धुपाल्चोकको गहना भएको बताउँदै सिन्धुपाल्चोक अर्गानिक कफीका लागि उत्तम स्थान रहेको बताउनुभयो । ‘भूगोल सुहाउँदो उत्पादनको रुपमा कफी उत्पादन सिन्धुपाल्चोकका लागि उपयुक्त छ’ – पोखरेलले भन्नुभयो । 

उहाँले विश्व बजारमा नेपालको कफी सबैभन्दा बढी माग हुने तथ्याङ्क पेस गर्नुभयो । कफी उत्पादन, व्यवसायीकरणबाट व्यवसाय, रोजगारी, पर्यटन प्रवर्द्धन सँगै समृद्धिको सपना पूरा हुने उहाँको निष्कर्ष छ । तालिम सहजीकरणका क्रममा सिन्धुपाल्चोकको बलेफी गाउँपालिका पुगेका राष्ट्रिय चिया, कफी विकास बोर्डका उपनिर्देशक डा। लक्ष्मण पोखरेल, प्राविधिक तथा कफी चक्र प्रविधिका मुद्यय प्रशिक्षक चन्द्र प्रकाश बस्नेत, एक दशक बढी सिन्धुपाल्चोकमा कफी क्षेत्रमा योगदान गरेका विशेषज्ञ कृष्ण श्रेष्ठ, बलेफी ६ का अध्यक्ष तेजबहादुर पराजुलीलगायतले बलेफी गाउँपालिकाको समग्र भूगोलको कफी उत्पादन सम्भाव्यता अध्ययन समेत गरेको हो । 

बलेफी गाउँपालिकाको ग्रामीण क्षेत्रबाट सहभागिता रहेको तालिमको आयोजना स्थानीयको प्रयत्नमा भएको हो । बफेफी गाउँपालिका वडा नं‍. ६ का अध्यक्ष तेजबहादुर पराजुलीले स्थानीय आवश्यकता पहिचान गर्दै यो कार्यक्रम तय भएको बताउनुभयो । ‘हाम्रो भूगोल, माटोको आवश्यकता अनुरूपका उत्पादनको खोजी गर्ने क्रममा कफीलाई रोजेका हौँ’– स्थानीय आयोजक नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । 

स्थानीय सरकारले खास स्थानीय आवश्यकता पहिचान गरी कार्यक्रम तय गर्न नसकेको औँल्याउँदै समृद्ध बलेफी निर्माण र स्थानीय आवश्यकता अनुरूपका कार्यक्रमलाई निरन्तरता दिने श्रेष्ठ बताउनुहुन्छ । जग्गाको उपयोग र आर्थिक उपार्जनमा बलेफी गाउँपालिकाको मुख्य उत्पादन कफी हुन सक्ने स्थानीय आयोजक दीपेन्द्र पौडेल बताउनुहुन्छ । दुई दिन सञ्चालन भएको तालिममा बफेफी गाउँपालिकाका ३२ जना सहभागी रहेको र कार्यक्रमको आयोजना सहयोग राष्ट्रिय चिया, कफी विकास बोर्ड, चिया विस्तार योजना नुवाकोटले गरेको हो ।

प्रकाशित मिति : ३ भाद्र २०८०, आइतबार  १२ : ४७ बजे