सुनको मूल्य घट्यो, चाँदीको स्थिर

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजको मूल्य सूची तय गर्दै गत साताको शुक्रवारको तुलनामा आज पनि मूल्य घटेको जनाएको हो ।

गत साताको शुक्रवार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ४ सय रुपैयाँ कायम थियो र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ८५० रुपैयाँ कायम थियो । जुन, आज आइतबार तोलामा १०० रुपैयाँले घटेर कारोबारमा आएको हो ।

महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य १ लाख १० हजार ३ सय रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ७५० रुपैयाँ कायम भएको छ ।

सुनको मूल्य घटे पनि आज चाँदीको मूल्य भने स्थिर छ । महासङ्घका अनुसार आज चाँदीको कारोबार प्रतितोला १ हजार ३९० रुपैयाँ छ । गत साताको शुक्रवार पनि यही मूल्यमा चाँदीको कारोबार भएको थियो ।

प्रकाशित मिति : ३ भाद्र २०८०, आइतबार  ११ : ४७ बजे