बोल्न नसक्ने युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

नेपालगन्ज । बोल्न नसक्ने युवतीलाई बलात्कार गरेको आरोपमा बर्दियामा एक जना पक्राउ परेका छन् । प्रहरीले बलात्कारको आरोपमा बर्दिया मधुवन नगरपालिका-१ बहादुरपुरबाट स्थानीय ५३ वर्षीय कर्णबहादुर विश्वकर्मालाई पक्राउ गरेको हो ।

बोल्न नसक्ने २४ वर्षीया युवतीलाई आफ्नै घरमा बोलाई जबर्जस्ती करणी गरेको उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेका विश्वकर्मा विरुद्ध जबर्जस्ती करणी मुद्दामा कारवाही अघि बढाउन अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहोराले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ३ भाद्र २०८०, आइतबार  ९ : ५९ बजे