फेसबुकमा स्टाटस लेखेर वडाध्यक्षले गरे आत्महत्या

रुपन्देही । गुल्मीको मुसिकोट नगरपालिका वडा नं १ का वडाध्यक्ष मोहन घिमिरे मृत अवस्थामा भेटिएका छन् ।

शनिवार बिहान करिब ५ बजे आसपास फेसबुकमा भावुक स्टाटस लेखेका थिए ।

उनले फेसबुकमा लेखेका थिए- परिस्थितिको चपेटामा परे पछि बाच्नुको अर्थ हुँदो रहेनछ। प्रिय अनिता: साथ निभाउन सकेन । मलाई माफ गरे।  घर परिवार, साथीभाइ सुभ चिन्तक सबैसँग माफी चाहन्छु । अलबिदा ।

घिमिरे घर नजिकैको रुखमा झुन्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। घिमिरे नेपाली कांग्रेस मुसिकोट नगरपालिका नगर कमिटीका अध्यक्ष समेत हुन् ।

प्रकाशित मिति : २ भाद्र २०८०, शनिबार  १ : ५९ बजे