फेसबुकमा अलबिदा लेखेका मुसिकोटका वडाध्यक्ष मृत भेटिए

रुपन्देही । गुल्मीको मुसिकोट नगरपालिका वडा नं १ का वडाध्यक्ष मोहन घिमिरे मृत अवस्थामा भेटिएका छन् ।

शनिबार बिहान करिब ५ बजे फेसबुक स्टाटसमा अलबिदा लेखेका घिमिरे बिहान साढे सात बजे रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

‘परिस्थितिको चपेटामा परेपछि बाच्नुको अर्थ हुदो रहेनछ । प्रिय अनिता, साथ निभाउन सकेन, मलाई माफ गरे,’ उनले फेसबुकमा लेखेका थिए, ‘घर परिवार, साथीभाइ, शुभ चिन्तक सबैसँग माफी चाहन्छु । अल बिदा ।’

शुक्रवार अपराह्न घरबाट निस्केका घिमिरे रातभर घर नफर्केको पारिवारिक श्रोतले जनाएको जिल्ला प्रहरी कार्यालयले बताएको छ।

घिमिरे नेपाली कांग्रेस मुसिकोट नगरपालिका नगर कमिटीका अध्यक्ष समेत हुन् ।

प्रकाशित मिति : २ भाद्र २०८०, शनिबार  ११ : ०७ बजे