विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

आफ्नै कार्यकक्षमा तीन घन्टा थुनिनीय संस्कृत विश्वविद्यालयका कुलसचिव

दाङ  ।  नेपाल संस्कृत विश्वविद्यालयका कुलसचिव माधब अधिकारी तीन घन्टा आफ्नै कार्यकक्षमा थुनिनु भएको छ। 

शैक्षिक गतिविधी समयमै सञ्चालन गर्न नसकेको विद्यार्थीहरुका समस्यामा चासो नदेखाएको भन्दै केन्द्रिय आयुर्वेद विद्यापिठ स्वतन्त्र विद्यार्थी युनियनले शुक्रबार  कुल सचिव अधिकारीलाई ३ घन्टा आफ्रनै कार्यकक्षमा थुनेको हो ।  

४० दिनमा प्रकाशित गर्नुपर्ने परिक्षा फल सबै प्रकृया पुरा गरेर पनि प्रकाशित नगरेका कारण कुलसचिचलाई थुन्न परेको स्ववियु सदस्य पारस गिरीले जानकारदिनु भयो ।
विश्वविद्यालयका कुलसचिव माधब अधिकारीले विद्यार्थीहरुलाई सबै प्रकृयाका बारेमा जानकारी नहुदाँ आजको घटना भएको बताउनु भयो । 

आयुर्वेद चिकित्शा तर्फ सातौँ सेमेस्टरको परिक्षाफल परिक्षा शुरु भएको ४० दिन भित्र प्रकाशित गर्नु पर्ने नियम रहेको समयमै परीक्षाफल प्रकाशित नहुँदा प्रयोगात्मक अभ्यासमा विलम्ब भएको स्वतन्त्र विद्यार्थी युनियनले आरोप लगाएको छ ।

आन्दोलन पछि स्ववियु र विश्वविद्यालयका बिच भएको छलफलमा भाद्र १५ गते परीक्षाफल प्रकाशित गर्ने सहमती भएको छ ।  दुई महिना अघि विश्वविद्यालयका तीन स्थानमा लागेको ताला खुलेको १ हप्ता नहुँदै आज फेरी विश्वविद्यालयमा यो घटना भएको छ । 

प्रकाशित मिति : १ भाद्र २०८०, शुक्रबार  ६ : ४२ बजे