सुनको मूल्यमा नयाँ कीर्तिमान

परम्परागत व्यवसाय गर्नेका लागि भारतद्वारा १३० बिलियन भारुको नयाँ योजना घोषणा

काठमाडौं । भारत सरकारले साना परम्परागत व्यवसाय गर्ने कालीगढ र शिल्पकारहरुका लागि १३० बिलियन भारु ९१.५६ बिलियन अमेरिकी डलर० को नयाँ योजना घोषणा गरेको छ । 

बुधवार भारत सरकारले परम्परागत व्यवसायमा लागेका कालीगढ शिल्पकारहरुका लागि १३० बिलियन भारतीय भारुको नयाँ योजना घोषणा गरेको हो । योजनाको प्रमुख उद्देश्य दक्षिण एशियाली देशहरुको शहरी र ग्रामिण क्षेत्रमा रहेका यससँग सम्बन्धित श्रमीकहरुलाई सम्मान पारिश्रमीक दिनु हो । यस योजनाले सिकर्मी, सुनको काम गर्ने, फलामको काम गर्ने, कपाल काट्ने, माला बनाउने, कपडा सिलाउने, माछा मार्ने र जाल बनाउने लगायत १८ परम्परागत व्यपार गर्नेहरुलाई समावेश गर्ने लक्ष्य राखिएको छ । यो योजनाले सीप विकासमा ध्यान दिने, बजारीकरणलाई प्राथमिकता दिने पनि बताइएको छ । यस योजनाले परम्परागत सीपको प्रवद्र्धन गर्न मद्दत पुग्ने अपेक्षा छ । 

प्रकाशित मिति : १ भाद्र २०८०, शुक्रबार  ६ : ०१ बजे