साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

मौसम अनुकूल भए बाजुरा लगायतका पहाडी जिल्लामा अतिरिक्त हवाई सेवा हुने  

बाजुरा । नेपाल नागरिक उड्डयन प्राधिकरणले बाजुरा लगायतका पहाडी जिल्लामा अतिरिक्त हवाई उडान गर्ने भएको छ ।  

नागरिक उड्डयन प्राधिकरणको बिहीबार बिहान बसेको बैठकले यस्तो निर्णय गरेको हो । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बिहीबार जारी गरेको विज्ञप्तिमा पहाडी क्षेत्रमा अवस्थित सर्ट टेक अफ एण्ड ल्याण्डिङ (एसटीओएल) विमानस्थलमा हुने उडान सञ्चालनलाई थप सुरक्षित तथा व्यवस्थित गरी सो क्षेत्रका जनताको हवाई यातायातमा पहुँच वृद्धि गरेर विश्वसनीयता कायम गर्ने उद्देश्यले आवश्यक निर्णय गरेको उल्लेख छ । 

प्राधिकरणले पहाडी क्षेत्रमा अवस्थित विमानस्थलमा हुने उडान सञ्चालनलाई थप सुरक्षित बनाउन ४ बुँदे निर्णय गरेको हो ।   प्रकाशित विज्ञप्ति अनुसार  “एसटीओएल विमानस्थलमा अतिरिक्त समयमा उडान सञ्चालन गर्नु पूर्व गन्तव्य, हवाई मार्ग र वैकल्पिक विमानस्थलमा भएको मौसमको अवस्था  सुनिश्चित गरी प्रमुख चालक र डिस्प्याचरको लिखित घोषण पश्चात् मात्र उडान अनुमति प्रदान गरिनेछ । ”

यसैगरी एसटीओएल विमानस्थलमा उडान गर्दा प्रत्येक उडानमा सीएए नेपाल सीएआर (२) मा भएको मापदण्डको सुनिश्चितता पश्चात् पीआईसी सम्पूर्ण रूपमा सन्तुष्ट हुनुपर्ने प्राधिकरणले जनाएको छ ।नेपालगन्ज विमानस्थलबाट एसटीओएल विमानस्थलमा उडान गर्ने वायुसेवा कम्पनीले नेपालगन्ज विमानस्थलमा अनिवार्य फ्लाइट अपरेसन अफिसरको  व्यवस्था गर्नुपर्ने तथा फ्लाइट अपरेसन सम्बन्धी सम्पूर्ण कार्य सोही अफिसर मार्फत गर्नुपर्ने निर्णय भएको छ ।  

पहिले पनि बाजुरामा अतिरिक्त उडान सेवा हुन्थे । तर १२ ।३० बजे मौसम  खराबका कारण भन्दै क्यान्सील हुन्थे ।  आज भएको निर्णयले मौसम  ठिक छ र  अल्टरनेटीभ बाटोको वयदर पनि राम्रो  भए बेलुकी सात बजे सम्म पनि अप्रेसन हुनसक्ने बाटो खुला भएको छ  ।उडान गर्न सके  दुर्गमका  यात्रुकालागि निकै सहुलियत हो बाजुरा उड्डयन प्राधिकरणका प्रमुख बिबहादुर बुढाले भन्नुभयो । समयमा जहाज नआउँदा बिरामीले अकालमा ज्याल फाल्नुपरेको प्रसङ्गमा टावर प्रमुख बुढाले भन्नुभयो “विगतमा  प्राय प्लेन बिहान मात्र आउँथ्यो बिरामी त जतिखेर पनि आउन सक्थे।  कतिपय केश त प्लेन गइसकेपछि बिरामी आउँथे। कहिले मौसमको खराबी देखाएर प्लेन नआउन सक्थे । ” वैकल्पिक माध्यम नहुँदा  नागरिकलाई समस्या त थियो  तर बाजुरामा प्लेन नै आएको भने हैन । असार र साउनको फ्लाइट हेर्दा ४७ वटा फ्लाइट भएका छन् । आर्मीका २ रेष्क््यु फ्लाइट बाहेक सबै नागरिक उड्डयनका हुन् ।  उहाँले भन्नुभयो पहाडी जिल्लामा हुने यी अधिकतम फ्लाइट हुन् ।  बिहीबार बिहान हुम्लाका लागि उडेको जहाज  मौसम खराब भएका कारण कालिकोटबाट फर्कियो यस्तो अवस्थामा कसरी उडान भर्नु  टावर प्रमुख बुढालको भनाई छ। 

पर्यटन व्यवसायी जनेश भण्डारीका अनुसार १२ बजे पछि मौसम खराबी भन्दै बाजुरा आउने उडान क्यान्सील गर्थे ।  खासगरी पाइलटलाई बेलुका काठमाण्डौं फर्किन ढिलो हुने भएकोले दुर्गमका फ्लाइट क्यान्सिल हुन्थे। तारनतारको दबाब अनुरोधकाकारण  नागरिक उड्डयनले गरेको आजको निर्णयले नागरिकलार्ई केही राहत हुने विश्वास छ । बाजुरामा मोटर बाटो भरपर्दो नगरिँदा सम्म दैनिक एक फ्लाइट अनिवार्य हुन पर्ने ।  दैनिक आवागमन तथा बडिमालिका, खप्तड रारा र बुढिनन्दा पर्यटन विकास गर्न काठमाण्डौं बाजुरा नियमित  फ्लाइट गर्न मागेका छौ पर्यटन व्यवसायी भण्डारीले भन्नुभयो  । 

त्यसैगरी अहिले  नेपालगन्ज कोल्टीको कम्पनी भाडदार ६३०० छभने ग्राउन्ड सर्भिस एजेन्ट ( विचोलिया )का कारण ७५०० भुक्तानी गर्नु परेको छ। नागरिकको पहुँचमा हवाई टिकट नहुँदा अनलाइन सिस्टममा ल्याएर नागरिकको पहुँचमा ल्याउनुपर्ने  व्यवसायी भण्डारीको भनाई छ ।  आज भएको प्राधिकरणको निर्णय अदूरदर्शी भएको भन्दै मौसम खराबी भाडा दर  नेपाल सरकारले उच्च प्रविधिको यन्त्र जडान गर्नु पर्ने दक्ष जनशक्ति व्यवस्थापन गर्नुपर्ने  माग राखेका छौँ उहाँले भन्नुभयो । 

सिमिकोट र ताल्चा विमानस्थलमा १२ बजे पछाडि जहाज अवतरण गर्न हावा बढेर कठिन हुने भएकाले रारा जाने तथा मानसरोवर हिल्सा जानेका लागि बाजुराको कोल्टि विमानस्थल उपयुक्त मौसम बेलुका सम्म हुने हुँदा यो बाटोका बारेमा सरकारलाई ध्यान जान जरुरी छ पर्यटन व्यवसायीको माग रहेको छ। कोल्टीमा नियमित हवाई सेवा भए कोल्टीबाट ३ घण्टामा खत्याड गाउँपालिकाको  मसाने र दुई घण्टा घोडा चढेर वा हाइकिङ को मजा लिँदै रारा पुग्न सकिन्छ  छ । 

 

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहिबार  ७ : १० बजे