सुनको मूल्यमा नयाँ कीर्तिमान

हवाई टापुको डढेलेमा मृत्यु हुनेको संख्या ११० पुग्यो

न्युर्योक । अमेरिकाको माउई जंगलमा लागेको डढेलोका कारण मृत्यु हुनेको संख्या ११० पुगेको छ । 

बुधवार साँझसम्म हवाई राज्यको माउईमा लागेको डढेलोले ११० जनाको ज्यान गएको हवाई राज्यका मेयर जोस ग्रिनले बताउनुभएको हो । जलेको भूभागमध्ये बुधवारसम्म ३८ प्रतिशत भूभागमा खोजि गरिसकिएको बताइएको छ । माउईका प्रहरी प्रमुख जोन पेलेटियरले यस हप्ताको अन्तिमसम्म ९० प्रतिशत क्षेत्रमा अनुसन्धान गरिसक्ने आशा गरेको बताउनु भयो । यो आगलागी अमेरिकामा एक शताब्दीपछिकै ठूलो हो । 
सिन्ह्वा

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहिबार  ३ : ५५ बजे