काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य आज तोलामामै ८०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १० हजार ४०० रुपैयाँ रहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख ९ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य पनि घटेको छ । आज तोलामा ५ रुपैयाँ घटेर प्रतितोला १ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहिबार ११ : १५ बजे
प्रतिक्रिया