विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

फत्तेबाल आँखा अस्पतालमा नानी प्रत्यारोपण र आँखाको प्लास्टिक सर्जरी सेवा सुरु

नेपालगञ्ज ।  नेपालगञ्जस्थित फत्तेबाल आँखा अस्पतालमा नानी प्रत्यारोपण र आँखाको प्लास्टिक सर्जरी सेवा सुरु भएको छ । 

अस्पतालमा बुधवारदेखि अकुलोप्लाष्टी र कर्नियाको विशिष्टीकृत सेवा सुरु भएको हो ।

नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले उक्त विशिष्टीकृत सेवाहरूको बुधवार एक कार्यक्रमका बीच उद्घाटन गर्नुभयो । 

कार्यक्रममा नगर प्रमुख विष्टले आफ्नो कार्यकालमा नेपालगञ्ज उपमहानगरपालिकालाई फत्तेबाल आँखा अस्पतालसँगको सहकार्यमा दृष्टिविहीनता मुक्त बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नगर उपप्रमुख कमरुद्दिन राईले फत्तेबाल आँखा अस्पतालमा आँखाको नानी प्रत्यारोपण र प्लास्टिक सर्जरी जस्तो विशिष्टीकृत सेवा सुरु भएपछि यस क्षेत्रकै गौरव बढेको बताउनुभयो । अब धेरै पैसा खर्च गरी भारत तथा नेपालको टाढाको आँखा अस्पतालसम्म जानुपर्ने बाध्यताको अन्त्य भएको समेत उपप्रमुख राईले बताउनुभयो ।

 

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहिबार  ७ : १६ बजे