हनुमान ढोकाको दसैँघरमा फूलपाती

धुलिखेलमा ट्रक र बाइक ठोकिक्दा बाइक चालकको मृत्यु

काभ्रेपलान्चोक ।  ट्रक र बाइक एक आफसमा ठोकिक्दा मोटरसाईल चालकको घटना स्थलमा नै मृत्यु भएको छ । काभ्रेपलान्चोक जिल्लाको धुलिखेल नगरपालिका वडा नम्बर–३ स्थित अरनिको राजमार्गअन्तर्गत मिराबेल चोकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

 

बनेपाबाट धुलिखेलतर्फ जाँदै गरेको रा ७ प ७२८८ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको बा २ क २०१९ नम्बरको ट्रकले ठक्कर दिदा प्युठान जिल्लाको धर्मवती गाउँपालिका वडा नम्बर ७ बस्ने वर्ष २७ का सुरज गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

गिरीको शव अहिले धुलिखेल अस्पताल लगिएको छ । ट्रक सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  ६ : ११ बजे