हनुमान ढोकाको दसैँघरमा फूलपाती

सल्यानमा पहिचान खुल्न नसकेका  पुरुषको शव फेला

सल्यान  ।  सल्यानमा बेवारिसे अवस्थामा एक पुरुषको शव भेटिएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका १ काभ्राको सल्लेरी सामुदायिक वनमा बुधबार पुरुषको शव भेटिएको हो ।

शवको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिनु भयो । उहाँका अनुसार शव गल्न थालिसकेकाले केही दिन पहिले नै पुरुषका मृत्यु भएको हुन सक्ने जनाइएको छ । 

घटनास्थलमा ईलाका प्रहरी कार्यालय लुहामको टोली गएर अनुसन्धान गरिरहेको छ । शव पहिचानका लागि खोजीनीति समेत भइरहेको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  ५ : ४१ बजे