सार्वजनिक सवारी साधनको भाडा बढ्यो

काठमाडौं । सार्वजनिक यातायातको भाडा बढेको छ ।

पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनको भाडा बढाएको हो ।

नयाँ भाडादर आजैदेखि लागू हुनेछ । नयाँ भाडादर अनुसार यात्रुवाहक सवारी साधनको साबिकको भाडामा ४.७० प्रतिशतले वृद्धि भएको छ ।

यस्तै, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको भाडा ६.१५ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा ६.८३ प्रतिशतले वृद्धि भएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  २ : १० बजे