चितवन टिकौलीको जंगलमा एक-आपसमा ठाेक्किए ८ सवारीसाधन, केहीको अवस्था गम्भीर

चितवन । चितवनको टिकौलीमा ठूलो दुर्घटना भएको छ ।

केही बाइक, स्कुटर, स्कूल बस र शव बोकेको गाडी एकापसमा ठोक्किएका हुन् । 

ठोक्किएका सवारीमा मोटरसाइकल र स्कुटरको संख्या धेरै छ । व्यस्त राजमार्गमा प्राय सबै सवारी तीव्र गतिमा भएकाले एकैपटक धेरै ठोक्किएको बताइएको छ । दुर्घटनास्थलबाट १८ जना घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार घटनास्थलमा प्रहरी पुगेर उद्धार कार्य जारी रहेकाले विस्तृत विवरण आउन बाँकी नै छ ।

 

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  १ : १६ बजे